२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची 

ADV
मध्यान्ह
२०८१ भदौ ४ गते ११:००
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची 

दाङ : लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे  बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । संघमा सत्ता समीकरण फेरिएसँगै गत साउन ७ मा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

सतासी प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्दछ  । आचार्यलाई  एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थन रहेको बताइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise