२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

एउटै मञ्चमा देखिँदै देउवा, दाहाल र नेपाल  

ADV
मध्यान्ह
२०८१ भदौ ४ गते १२:३८
एउटै मञ्चमा देखिँदै देउवा, दाहाल र नेपाल  

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आज एउटै मञ्चमा देखिने भएका छन् ।

नेपाली कांग्रेसका पूर्वनेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रसीले आयोजना गर्न लागेको कार्यक्रममा उनीहरू एउटै मञ्चमा देखिने भएका हुन् । 

उनीहरू स्थानीय तह निर्वाचनको बेला चितवनमा भएको कार्यक्रममा एउटै मञ्चमा सहभागी थिए । त्यसयता उनीहरू सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा देखिएका छैनन् । 

दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा कांग्रेस सभापति देउवा सहभागी हुने छन् । 

विशिष्ट अतिथिको रूपमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला र लोसपाका सभापति महन्थ ठाकुरलाई बोलाइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise