बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मत मागेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेका हुन् ।
प्रदेशको समृद्धिको आकांक्षालाई मूर्तरूप दिन सबै दलहरू एक ठाउँमा आउनुपर्ने बताउँदै उनले सबैले विश्वास मत दिन आग्रह गरे । उनले विपक्षी दल नेकपा माओवादीसँग पनि विश्वासको मत मागेका छन् ।
आचार्य साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।