२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

माओवादीको प्रदेशस्तरीय परामर्श समिति बैठक जारी, शर्माको प्रस्तावमाथि पनि छलफल हुने

ADV
मध्यान्ह
२०८१ भदौ ५ गते १३:२८
माओवादीको प्रदेशस्तरीय परामर्श समिति बैठक जारी, शर्माको प्रस्तावमाथि पनि छलफल हुने

काठमाडौँ  : नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि शुरु भएको छ । हालै बसेको स्थायी कमिटीको बैठकको निर्णयअनुसार आजबाट बागमती प्रदेशको परामर्श समितिको बैठक शुरु भएको हो ।

बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । भोलिसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङसहित उपमहासचिवसहित प्रदेशका पदाधिकारीहरू सहभागी छन् ।

परामर्श समितिको बैठकमा पनि उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटीमा पेश गरेको प्रस्तावबारे छलफल हुने जनाइएको छ । शर्माले अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझावसहित पार्टी निर्माणबारे प्रस्ताव ल्याएका थिए । जसले माओवादी वृत्तमा ठूलो तरंग ल्याएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise