२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

रास्वपाले डा.मुकुल ढकाललाई अन्तिमपटक स्पष्टीकरणको मौका दिने 

ADV
मध्यान्ह
२०८१ भदौ ५ गते १४:११
रास्वपाले डा.मुकुल ढकाललाई अन्तिमपटक स्पष्टीकरणको मौका दिने 

काठमाडौं  : राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यसअघि ३० साउनमा पनि रास्वपाले मुकुलसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जसको जवाफमा ढकालले सभापति रवि लामिछानेलाई आफ्नो नैतिक धरातल पुष्टी गर्न चुनौती दिएका थिए ।

सचिवालयले सोधेको स्पष्टीकरणमा ढकालले चित्तबुझ्दो जवाफ नदिएको बुधबारको केन्द्रीय समिति बैठकले ठहर गरेको छ । बैठकले ढकाललाई अन्तिमपटक स्पष्टीकरणका लागि समय दिने निर्णय गरेको छ ।

२५ असारमा रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्य पदबाट हटाएको थियो । पूर्वमहामन्त्री डा. ढकाललाई पुन: २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिएको  कार्यबाहक प्रवक्ता मनिष झाले बताए । 
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise