२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पर्सा प्रहरीद्वारा एक महिनामा ८ करोड बढीको भन्सार छलीका सामान बरामद

ADV
आबिद हुसेन
२०८१ भदौ ५ गते १५:३१
पर्सा प्रहरीद्वारा एक महिनामा ८ करोड बढीको भन्सार छलीका सामान बरामद

वीरगञ्ज : जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ८ करोड ३ लाख रुपैयाँभन्दा बढीको भन्सार छली तथा चोरी पैठारी गरी भित्र्याइएको सामान बरामद गरेको छ ।

जिल्लाको विभिन्न स्थानबाट प्रहरीले उक्त परिमाणको सामान बरामद गरेर भन्सार बुझाएको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कुमुद ढुंगेलले बताए  । 

सो अवधिमा पर्सा प्रहरीले विद्युतीय चुरोट (इलेक्ट्रिोनिक भेप) ठूलो परिमाणमा बरामद गरेको छ । चार करोड ८६ लाख २४ हजार ८ सय रुपैयाँ बराबरको भेप प्रहरीले बरामद गरेको हो । साउन २५ गते वीरगञ्जको वडा नम्बर ६ रेल्वेरोड बस्ने रामप्रसाद बरैको घरमा छापा मारेर प्रहरीले उक्त परिमाणको विद्युतीय चुरोट बरामद गरेको हो । 

कोठा भाडामा लिएर बस्ने भारत बिहारका सुदामा प्रसादले अनधिकृतरुपमा भण्डारण गरी राखेको प्रतिकार्टुन दुई सय पिसका दरले ७६ कार्टुनमा रहेको भेप बरामद गरिएको प्रहरी उपरीक्षक ढुंगेलले बताए ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आ.व.को पहिलो महिनाको मासिक कार्यप्रगति प्रतिवेदनअनुसार यही अवधीमा प्रहरीले लागुऔषधसम्बन्धी कसुरमा चार जना महिलासहित ३० जनालाई पक्राउ गरेको छ । नाइट्राजेपाम १८ ट्याब्लेट, नाइट्राभेट दुई हजार ८ सय ५६ ट्याब्लेट, ट्रामाडोल एक लाख २० हजार ५ सय ४ ट्याब्लेट, फेनारगन एक हजार ४ सय ८३ एम्पुल, नुरफिन एक हजार ४ सय एम्पुल, डाइजेपाम एक हजार ४ सय ८६ एम्पुल, चरेस १८ किलोग्राम र गाँजा ७६ किलोग्राम बरामद गरिएको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए । बरामद सामग्री वीरगञ्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

प्रहरी उपरीक्षक ढुंगेलका अनुसार यही अवधिमा विगतका पुराना २६ वटा मुद्दा पनि फर्छ्यौट गर्न पर्सा प्रहरी सफल भएको छ । साथै सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत १ सय २७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पनि उनले बताए । प्रहरीले नागरिकप्रति विश्वास बढाउन तथा प्रहरीप्रतिको भ्रम र डर हटाउनका लागि प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise