२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पार्टी फुटको हल्ला खारेज भइसक्यो, मिडिया ट्रायल नगरौँ : प्रचण्ड 

ADV
मध्यान्ह
२०८१ भदौ ५ गते १६:५९
पार्टी फुटको हल्ला खारेज भइसक्यो, मिडिया ट्रायल नगरौँ : प्रचण्ड 

काठमाडौँ  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरिसकेको भन्दै मिडिया ट्रायल नगर्न नेताहरूलाई आग्रह गरेका छन् । 

आज बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरेको बताएका हुन् ।

उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै पार्टी फुटको हल्ला चलेको थियो । शर्माले साउन अन्तिम साता बसेको स्थायी समिति बैठकमा पार्टी हेडक्वाटरबाटै त्यस्तो हल्ला चलाइएको भन्दै प्रतिवाद गरेका थिए । १४ पृष्ठ लामो लिखित प्रस्ताव राख्दै शर्माले अब पार्टीको नेतृत्व ‘प्रचण्ड’ले छाड्नुपर्ने भनेपछि यसमा बहस तीव्र बनेको छ ।

अध्यक्ष ‘प्रचण्ड’ले आफूहरुबीच फरक मत नभई एकमत गर्ने कोसिस हुने बताए । उनले जनार्दनसहितका नेताहरूले स्थायी समिति बैठकमा उठाएका प्रश्नहरूको जवाफसहितको दस्ताबेज आगामी केन्द्रीय समिति बैठकमा पेस गर्ने जानकारी पनि दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise