२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

जलविद्युत आयोजनाको आईपीओ रोकिँदा समस्या : अध्यक्ष कार्की 

ADV
मध्यान्ह
२०८१ भदौ ५ गते २०:३३
जलविद्युत आयोजनाको आईपीओ रोकिँदा समस्या : अध्यक्ष कार्की 

काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुहरुको आईपीओका लागि सेवनमा रोकिएको बताएका छन् ।

बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र उपायले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय शेयरमार्फत जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए ।

उनले भने, ‘विगत १४ महिना भन्दा बढी ३० भन्दा बढी आयोजनाहरु सेवनमा रोकिएको छ, जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाएका हुन्छौं । आईपीओबाट पनि आउन सकेन र इकुटी हालेर पनि आयोजनाहरु अगाडि लैजान सकिएको छैन ।’ 

उनले जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाए पनि आईपीओ रोकिँदा आयोजना आयोजनाहरु समस्यामा परेको बताएका हुन् ।

अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताउँदै पुँजी बजारमा करिव ४५ लाख बढी नेपालीहरुले जलविद्युतको शेयरमा लगानी गरेको बताए । उनले स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरुमा पलाएको पनि बताए ।

उनले जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरु उत्साहित भएपनि पछिल्लो समय धेरै समस्याहरु आइरहेको पनि कार्कीले बताए । उनले विद्युत विधेयक जस्ताको त्यस्तै पास भए व्यवसायीहरु पलायन हुनुपर्ने बताउँदै विधेयकले जलविद्युत विकास गर्ने तर नेपालका निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise