२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मुक्तिनाथ र चापाकोट क्याम्पसले वित्तीय कार्यक्रममा सहकार्य गर्ने

Nada
२०८१ भदौ ५ गते २०:३४
Shares
मुक्तिनाथ र चापाकोट क्याम्पसले वित्तीय कार्यक्रममा सहकार्य गर्ने

काठमाडौं : मुक्तिनाथ विकास बैंक र स्याङजा जिल्लाको चापाकोट क्याम्पस बीच वित्तीय साक्षरता लगायतका विभिन्न अवसर प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । चापाकोट नगरपालिका ९ मा रहेको चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, व्यवहारिक ज्ञानको लागि इन्टर्नशिप गर्ने र बैंकिङ करियरको लागि अवसर प्रदान गर्ने सम्बन्धमा बैंकको तर्फबाट गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र चापाकोट क्याम्पसको तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरेका छन् ।

ncell

क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नशिप, वित्तीय साक्षरता कार्यक्रम लगायत करियर विकासका कार्यक्रमहरुमा बैंकले विभिन्न अवसरहरु प्रदान गर्ने समझदारीको मुख्य उद्देश्य रहेको छ । सो समझदारी ५ वर्ष अवधिसम्म कायम रहने बैंकका क्षेत्रीय प्रमुख ऋषिराम ढकालले बताए ।

सो अवसरमा कम्पनीको चापाकोट शाखाका शाखा प्रमुख सुन्दर श्रेष्ठ, कर्जा डेस्कका युवराज श्रेष्ठ, वालिङ शाखा प्रमुख नवीन काफ्ले, चापाकोट क्याम्पसका पूर्व अध्यक्षहरु हिरण्यलाल आचार्य, भरत पाठक, समितिका पदाधिकारहिरु, प्राज्ञिक व्यक्तित्वहरु सितारम गैह्रे, दुर्गा ढकाल, डोलराज अधिकारी, बिन्दु पौड्याल, प्रेमचन्द् भट्टराई, उपप्राध्यापकलगायतको उपस्थिति थियो । कार्यक्रम क्याम्पसका अध्यक्ष मुकुन्दराज आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खबर