२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रम सबै प्रदेशमा कार्यान्वयन

Nada
२०८१ भदौ ५ गते २०:३७
Shares
एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रम सबै प्रदेशमा कार्यान्वयन

काठमाडौं : एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरु सञ्चालनमा रहेको जनाएको छ । कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात् १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरुका लागि आवेदन खुला गरेको थियो ।

ncell

यसै पहल अन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्यहरु सातै प्रदेशमा कार्यान्वयन भइरहेको जनाएको छ । देशव्यापी रुपमा समुदाय स्तरमा आवश्यक रहेको विकास कार्यका लागि आह्वान गरिएको आवदेन प्रस्तावमा एनसेलले सातै प्रदेशबाट १६५ भन्दा बढी प्रस्ताव प्राप्त गरेको थियो । ती प्रस्तावहरुको मुल्यांकन गरी छानेर सीएसआरका लागि विभिन्न प्राथमिकता क्षेत्रमा १८ वटा विकास कार्यहरु छनौट गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ । 

छानिएका परियोजनाहरुमा बागमती प्रदेशको लागि प्लास्टिक वेस्ट म्यानेजमेन्ट, डिजिटल साक्षरता कार्यक्रम तथा म्युजियमको माध्यमबाट नेपालको कला तथा संस्कृतिको प्रवद्र्घनको कार्यक्रम तथा शिक्षा सम्बन्धी कार्यक्रमहरु रहेको छ । भने गण्डकी प्रदेशमा शिक्षा क्षेत्र अन्तर्गत विभिन्न कारणले गर्दा स्कूल जान छाडेका तथा स्कूलबाट बाहिररहेका बच्चाहरुलाई पुनः स्कूल पठाउनको लागि स्कूल फर आउट अफ स्कूल चिल्ड्रेन, हुप्सेकोटमा स्वास्थ्य सम्बन्धी न्यूट्रिसन, वास सम्बन्धी कार्यक्रम तथा वातावरण संरक्षण तथा प्रवद्र्घनको लागि ग्रिन बक्स कार्यक्रम रहेका पनि कम्पनीले उल्लेख गरेको छ ।

त्यसैगरी कोशी प्रदेशको लागि ६ हजार महिलाहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा नेपालमा पर्वतारोहणको लागि आउने पर्यटकहरुको सुरक्षाको लागि जनसचेतना कार्यक्रमहरु रहेको कम्पनीले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । लुम्बिनी प्रदेशको हकमा विभिन्न ठाउँमा हेल्थ क्याम्प र विभिन्न सामुदायिक विद्यालयहरुमा ग्रिन स्कूलको अवधारणा विकासको लागि परियोजना संचालन भइरहेको छ । 

मधेश प्रदेशमा युवाहरुको क्षमता विकास तथा जीविकोेपार्जनको लागि शीप विकासका कार्यक्रम तथा विद्यालयमा शिक्षा सामग्री तथा शैक्षिक विकासका कार्यक्रम रहेका छन् । सुदूरपश्चिम प्रदेशका ५ वटा मोडल स्कूलमा स्टेम एजुकेशन, बैतडीका ५६ वटा स्कुलका शिक्षकहरुको तालिम तथा विकासका आयोजना रहेका छन् भने नविकरणीय उर्जा प्रवद्र्घन सम्बन्धी परियोजनाहरु संचालनमा रहेका छन् । कर्णाली प्रदेशमा वास सम्बन्धी व्यापक कार्यक्रम तथा फोहरमैला वर्गीकरण तथा फोहरबाट कम्पोस्ट मलको उत्पादन सम्बन्धी कार्यक्रमहरु रहेका पनि कम्पनीले विज्ञप्तिमा भनेको छ ।  

आयोजनाको अवधारणा, यसले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना, प्रस्तावित परियोजना कार्यान्वयन क्षेत्र, प्रस्ताव पेश गर्ने संस्थाको अनुभव लगायतका आधारमा सामाजिक कार्यहरु छानिएका थिए । सामाजिक कार्यका लागि एनसेलका प्राथमिकता क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, वातावरणसहित जीविकोपार्जन सहयोग, नवीकरणीय उर्जा र कला तथा संस्कृतिसँग सम्बन्धित परियोजनाहरु कार्यान्वयनमा लगिएका छन् ।

सम्बन्धित खबर