२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कुमारी बैंक र इसेवाबीच ‘इजी लोन’ सुविधा सम्झौता

ADV
मध्यान्ह
२०८१ भदौ ५ गते २०:३९
कुमारी बैंक र इसेवाबीच ‘इजी लोन’ सुविधा सम्झौता

काठमाडौं : कुमारी बैंक लिमिटेड र इसेवा लिमिटेड बीच इसेवाका ग्राहकहरुलाई इसेवा मोबाइल एप मार्फत् ‘इजी लोन’ सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरुलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षण भरमै दुई लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्ने जनाएको छ ।

पहिलो चरणमा इसेवा एजेन्टहरुलाई मात्र यो ‘इजी लोन’ सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरुको लागि उपलब्ध गराइने इसेवाले जनाएको छ । इसेवामार्फत् लिइने ‘इजी लोन’ सुविधामा लागू हुने थप सर्तहरुबारे इसेवाको वेबसाइट/एप मार्फत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise