२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता

ADV
मध्यान्ह
२०८१ भदौ ६ गते १०:३४
एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता

इलाम : देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले   २३ लाख २७ हजार रूपैयाँ सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०८०/८१ मा उनीहरूले उक्त रकम पाएका हुन् । देउमाईले नगरभित्रका ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष पुषेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष पुगेका पुरुषलाई  एक हजार मासिक भत्ता वितरण गरेको हो । 

देउमाईले आर्थिक वर्ष २०७९/८० मा नगरक्षेत्रका दुई सय सातजना एकल पुरुषलाई  २४ लाख ८४ हजार रूपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको थियो । देउमाईले ‘एकल पुरुष भत्ता वितरण सम्बन्ध कार्यविधि’ पारित गरी एकल पुरुषलाई भत्ता वितरण गरेको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए । 

त्यसैगरी, आव २०८०/८१ मा ४५ वर्ष पुगेका अविवाहित ९१ महिलालाई  १० लाख ८९ हजार रूपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान भएको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत मासिक  एक हजार रूपैयाँका दरले भत्ता प्रदान गरिएको हो ।  आव २०७९/८० मा देउमाईका ८८ जनाले  १० लाख ५६ हजार रूपैयाँ भत्ता पाएका थिए ।

तेस्रो लिंगीका लागि मासिक  पाँच सय रूपैयाँ भत्ता उपलब्ध गराउने व्यवस्था रहे पनि कोही नआएको लेखा अधिकृत एक्तेनले बताए । ‘ग’ वर्ग अपाङ्तागता भएका ९२ जनालाई  पाँच लाख ४५ हजार पाँच सय  रूपैयाँ र आर्व २०८०/८१ मा ‘ग’ वर्ग अपांगता भएका ९२ जनाले पाँच लाख ४५ हजार पाँच सय रूपैयाँ भत्ता पाएका छन् । 

यसैबीच, देउमाई नगरपालिकाले चालु आव २०८१/८२ का लागि नगरको तर्फबाट वितरण गर्दै आएको ‘सामाजिक सुरक्षा कार्यक्रम’ स्थगन गरेको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत वितरण गर्दै आएको एकल पुरुष भत्ता, एकल महिला भत्ता (४५ वर्षमाथि), तेस्रो लिंगी भत्ता, ‘ग’ वर्ग अपांगता भत्ता र ज्येष्ठ नागरिक पोशाक भत्ता वितरण कार्यक्रम स्थगन गरेको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिका बैठकको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि सामाजिक सुरक्षा कार्यक्रम स्थगन गरिएको नगरप्रमुख पोख्रेलले बताए । देउमाईले सुत्केरी स्याहार, दाहसंस्कार र दीर्घरोगी सहयोग कार्यक्रमलाई भने निरन्तरता दिएको छ । सुत्केरी स्याहार कार्यक्रमअन्तर्गत  पाँच हजार रूपैयाँका दरले दुई पटकसम्म, दाहसंस्कारमा  पाँच हजार रूपैयाँ र दीर्घरोगीलाई एकपटक  पाँच हजार रूपैयाँ उपलब्ध गराउँदै आएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise