२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सामसङद्वारा ग्यालेक्सी ए र ट्याब एस९ एफई सिरिजमा सर्कल टु सर्च फिचर विस्तार

ADV
मध्यान्ह
२०८१ भदौ ६ गते ११:५८
सामसङद्वारा ग्यालेक्सी ए र ट्याब एस९ एफई सिरिजमा सर्कल टु सर्च फिचर विस्तार

काठमाडौं : सामसङले मोबाइल एआईको सुविधालाई अगाडि बढाउँदै ग्यालेक्सी ए सिरिजका लागि गुगलमा सर्कल टु सर्च फिचर उपलब्ध गराएको छ ।

ग्यालेक्सी ए सिरिजका साथै ग्यालेक्सी ट्याब एस९ एफईमा यो सुविधा विस्तार गरिएको छ । जसमा ठूलो डिस्प्ले र ग्यालेक्सी एस पेनले सर्च गर्न सजिलो हुने कम्पनीले बताएको छ ।

ग्यालेक्सी एस२४ सिरिज शुरु भएपछि सर्कल टु सर्चलाई प्रयोगकर्ताले मन पराएको कम्पनीले जनाएको छ । यसले परम्परागत खोज्ने विधिहरूभन्दा बेग्लै अनुभव प्रदान गरेको कम्पनीको दाबी छ ।

पछिल्लो ग्यालेक्सी जेड फ्लिप ६ र जेड फोल्ड ६ लगायत थप ग्यालेक्सी उपकरणहरूमा विस्तार हुँदै गएपछि सर्कल टु सर्चले अनुवाद, गृहकार्यमा मद्दत र क्यूआर र बारकोड स्क्यानिङ क्षमताहरू थप्ने लगायत यसको उपयोगिता र सहजता बढाउँदै लगेको छ ।

अब ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजका साथै सामसङ फोनका अन्य लाइनअपमा पनि सर्कल टु सर्चको साथमा थप जटिल प्रश्नहरूको उत्तर खोज्न सकिने कम्पनीले बताएको छ ।

‘यी अपडेटहरूले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजका लागि नयाँ सम्भावनाहरू उजागर गरेको छ भने अधिक ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि अत्याधुनिक प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई सुदृढ पारेको छ,’ सामसङ इलेक्ट्रोनिक्सका मोबाइल अनुभव व्यवसायका अध्यक्ष तथा प्रमुख टीएम रोहले भने, ‘हामी धेरैभन्दा धेरै प्रयोगकर्ताका लागि बेस्ट-इन-क्लास एआई प्रविधि ल्याउन समर्पित छौं । प्रयोगकर्ताहरूलाई थप कुशलतापूर्वक काम गर्न, थप स्वतन्त्र रूपमा सिर्जना गर्नका लागि उनीहरूका उपकरणहरूसँग थप व्यक्तिगत अन्तरक्रियाको आनन्द लिन सक्ने विकल्पको साथ सशक्त बनाउँदै छौं ।’

सर्कल टु सर्च भनेको एपहरू स्वीच नगरिकन साधारण जेस्चरद्वारा कुनै पनि कुरा खोज्ने नयाँ तरिका हो। डिभाइसमा जब सर्कल टु सर्च सुविधा इनेबल हुन्छ प्रयोगकर्ताहरूले आफूले खोज्न चाहेको टेक्स्ट, फोटो वा भिडियो चयन गर्न स्क्रिनमा जहाँसुकै सर्कल, हाइलाइट वा ट्याप गर्न सक्छन् ।

यो सुविधा गुगलसँगको दिगो सहकार्यको परिणाम भएको भन्दै सामसङले कम्पनीको खुलापन र सहकार्य प्रतिको लामो समयदेखिको प्रतिबद्धतालाई यसले सार्थक बनाउने बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise