२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

हुन्डाईको 'फेष्टिभ डिलाइट २०८१' योजना सार्वजनिक

ADV
मध्यान्ह
२०८१ भदौ ६ गते १२:०६
हुन्डाईको 'फेष्टिभ डिलाइट २०८१' योजना सार्वजनिक

काठमाडौं : हुन्डाई गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले दशैं–तिहार लक्षित 'फेष्टिभ डिलाइट २०८१' योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहकहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यस वर्ष पनि यही परम्परा कायम राख्दै १ जना भाग्यमानीले हुन्डाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा रु. १० लाखसम्मको आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप रु. १ लाख सम्मको नगद छुटका साथै १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

भदौ ११ गतेबाट शुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ गर्ने ग्राहकहरुले पनि यस योजनाबाट लाभान्वित हुन सक्ने कम्पनीको भनाइ छ । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुने कम्पनीले बताएको छ । 

यसै अवसरमा हालै चलिरहेको ‘हुन्डाई टेस्ट ड्राइभ एण्ड विन’ क्याम्पेन अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गइ हुन्डाई गाडीको लाइनअपहरूमध्येबाट भर्खरै लञ्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरु हात खाली नहुने गरी प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालभर १६ शोरुम, १९ सर्भिस सेन्टर तथा ४३ बढी चार्जिङ पोइन्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमाबाइल उत्पादकमध्येमा पर्दछ ।

ADVADV

सम्बन्धित खबर

Advertise