२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता

Nada
२०८१ भदौ ६ गते १२:२७
Shares
मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता

काठमाडौं : मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गर्ने विषयमा सम्झौता भएको छ ।

ncell

बैंकले महासंघमा आवद्ध घरेलु तथा साना उद्योगहरूलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह हुने गरी यस क्षेत्रको आर्थिक विकास एवम् वित्तीय तथा व्यावसायिक शिक्षामा योगदान पुर्‍याउने उद्देश्यसहित सम्झौता भएको जनाएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार अगामी दिनमा महासंघमा आवद्ध घरेलु तथा साना उद्योगीहरूलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्नेछ। त्यस्तै, उद्यमीको विकासका लागि वित्तीय र व्यवसायिक साक्षारताका लागि सहकार्य गर्ने बैंकले जानकारी दिएको छ ।

महासंघका अध्यक्ष सिंहले खुशी व्यक्त गर्दै अगामी दिनमा झन सहज तरिकाबाट उद्योगीहरूले ऋण सुविधा प्राप्त गर्ने र आवश्यक व्यावसायिक साक्षारतामा बैंकको सहकार्य हुनेमा विश्वास व्यक्त गरेका छन् ।

साथै बैंकले नेपालमै टिक्न सजिलो छ भन्‍ने नाराका साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याइएको जानकारी दिएको छ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङलगायतका सेवा बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभइ घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरिएको पनि जनाएको छ ।

सम्बन्धित खबर