२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन : रवि लामिछाने

draupadi film
मध्यान्ह
२०८१ भदौ ६ गते १३:५३
भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले आफ्नो पार्टी भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्यादको विक्षमा रहेको प्रष्ट पारे ।

युवाहरुको भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने भनेर फोनहरू आइरहेको र सामाजिक सञ्जालमा अभियान चलेको भन्दै सभापति लामिछानेले भ्रष्टाचार मुद्दामा कुनै पनि हालतमा हदम्याद मान्य नहुने बताए ।

‘म सिंगो सदन र देशलाई जानकारी गराउन चाहन्छु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद लागू हुनेछैन । नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट ! ५ वर्षे लागू हुने छैन,’ उनले भने ।

ADV

सम्बन्धित खबर

Advertise