२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

प्रदेश प्रमुख देवकोटाद्वारा विधेयक प्रमाणीकरण

ADV
मध्यान्ह
२०८१ भदौ ६ गते १६:०४
प्रदेश प्रमुख देवकोटाद्वारा विधेयक प्रमाणीकरण

मकवानपुरः बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशसभाबाट पारित भई आएको ‘विज्ञान, प्रविधि, नवप्रवर्द्धन तथा विकास कोष ऐन, २०८१’ लाई प्रमाणीकरण गरेका छन् । 

प्रदेशसभाबाट पारित भई आएको उक्त विधेयकलाई प्रदेश प्रमुख देवकोटाले आज प्रमाणीकरण गरेको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गाविन्दप्रसाद पौडेलले जानकारी दिए । 

केही दिनअघि प्रदेशसभाबाट पारित भएको सो विधेयकलाई प्रमाणीकरण गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र प्रमुख सचिव कृष्णहरि खड्काले हस्ताक्षर गरी प्रदेश प्रमुखको सचिवालयमा पठाएका थिए।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise