२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

हिमालयन ह्वाइट हाउसमा अध्ययन गरेका विद्यार्थीलाई न्यू आइटी भेन्चरले इन्टर्नसिपसहित रोजगारी दिने

ADV
मध्यान्ह
२०८१ भदौ ६ गते २१:३३
हिमालयन ह्वाइट हाउसमा अध्ययन गरेका विद्यार्थीलाई न्यू आइटी भेन्चरले इन्टर्नसिपसहित रोजगारी दिने

काठमाडौं : हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज पुतलीसडक काठमाडौंमा स्नातक तहमा अध्ययन गरेका विद्यार्थीले न्यू आइटी भेन्चर लिमिटेड बाँसबारी काठमाडौैंमा इन्टर्नसिप सहित रोजगार प्राप्त गर्ने भएका छन् । बिहीबार द्विपक्षीय छलफल गर्दै बिई कम्प्युटर अन्तर्गत आठौं सेमेस्टरका विद्यार्थी र बिआइटी सातौं सेमेस्टरका विद्यार्थीलाई सो अवसर प्रदान गरिने विषयमा समझदारी भएको हो ।

विशेषगरी कलेजको स्नातक तहमा प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीलाई रोजगार सुनिश्चित होस् भन्ने उद्देश्यले गरिएको उक्त द्विपक्षीय समझदारीमा केही कार्यक्रमहरुमा सहकार्य गरिने उल्लेख छ । पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित बिई र पिबआइटी अन्तर्गतको कार्यक्रममा  विद्यार्थीले एक सेमेस्टरमा अनिवार्य इन्टर्नसिप गर्नुपर्ने हुन्छ ।

कलेजका प्रिन्सिपल तोयानारायण पौडेलकाअनुसार यस्तो अनिवार्य इन्टर्नसिप बिई अध्ययन गरेका विद्यार्थीले आठौं सेमेस्टरमा र बिआइटी अध्ययन गरेका विद्यार्थीले सातौं सेमेस्टरमा लिनुपर्ने हुन्छ । सो द्विपक्षीय समझदारीसँगै कलेजमा अध्ययनरत विशेषगरी रोजगारीको सुनिश्चिततासहितको इन्टर्नसिप चाहने विद्यार्थीका लागि सो समझदारी महत्वपूर्ण हुने भएको छ ।

न्यू आइटी भेन्चर लिमिटेडले लामो समयदेखि नेपाल देखि विश्वबजारसँग जोडिएर विभिन्न प्रोजेक्टहरुमा काम गर्दै आएको छ । साथै जापानमा मुख्य कार्यालय रहेको सो कम्पनीले जापानमा समेत इन्टर्नसिपको अवसर प्रदान गर्नसक्ने जनाइएको छ ।

द्विपक्षीय समझदारीमा कलेजमा अध्ययनरत इन्टर्नसिपमा सहभागी हुन योग्य विद्यार्थीलाई कम्पनीले कलेजमा नै प्रारम्भिक तालिम प्रदान गर्ने, आफ्नो कम्पनीमा इन्टर्नसिपको व्यवस्था मिलाउने, अध्ययन सकिएपछि आइटी एक्सपर्टको रुपमा काम गर्न पाउने वा अन्य कम्पनीलाई सिफारिस गर्ने लगायतका विषय उल्लेख छन् ।

अहिले कलेजमा ती दुवै विषयको पहिलो ब्याजको अध्ययन भइरहेकोले आगामी पुस महिनाबाट सो समझदारीको कार्यान्वयन गरिने कलेजका प्रिन्सिपल पौडेलले बताए । साथै उनले प्राविधिक शिक्षा आर्जन गरेका विद्यार्थीलाई रोजगारीका सामान्यतया समस्या नदेखिएको भएपनि सो समझदारीले विद्यार्थीको करिअरलाई थप सुनिश्चित गरेको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise