२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ग्लोबल आईएमई र आध्यान्त फन्डबीच कर्जा सम्बन्धी सम्झौता

ADV
मध्यान्ह
२०८१ भदौ ६ गते २१:३९
ग्लोबल आईएमई र आध्यान्त फन्डबीच कर्जा सम्बन्धी सम्झौता

काठमाडौं : ग्लोबल आईएमई बैंक लिमिटेड र आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवद्र्धन विभाग प्रमुख चित्रकुमार चालिसे र आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले हस्ताक्षर गरे ।

आध्यान्त फन्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमीहरुको व्यापार विस्तार तथा व्यावसायिक क्षमता अभिवृद्ध गर्न प्राविधिक सहायता तथा परामर्श लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंक र आध्यान्तबीचको सहकार्यले उद्यमीलाई विभिन्न प्रकारका तालिम तथा वित्तीय पँहुच सहज बनाउँदै मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise