२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो भेहिकल लोन फेष्टिभ अफर

ADV
मध्यान्ह
२०८१ भदौ ६ गते २१:४२
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो भेहिकल लोन फेष्टिभ अफर

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना ल्याएको छ । बुधबार राष्ट्रिय वाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक गरेको हो । यो अफरअन्तर्गत बैंक ७.७७ प्रतिशतको स्थिर ब्याजदरमै गाडी कर्जा उपलब्ध गराउने भएको छ ।

फेस्टिभ अफरमा प्रदान गरिने स्थिर ब्याजदरको गाडी कर्जा अधिकतम ७ वर्षका लागि हुने बैंकले जनाएको छ । यो कर्जा मात्रै ०.५ प्रतिशत प्रक्रिया शुल्कमा उपलब्ध हुनेछ ।

यो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यही भदौ १ गतेदेखि २०८१ कात्तिक मसान्तसम्म रहनेछ । ग्राहकले आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रक्रिया शुल्क लाग्नेछ भने ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज प्रणालीमा ऋण लिन सकिने बैंकले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise