२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सातै प्रदेशमा आफ्नै भवनबाट सेवा विस्तार गर्दै सिटिजन्स

Nada
२०८१ भदौ ६ गते २१:४३
Shares
सातै प्रदेशमा आफ्नै भवनबाट सेवा विस्तार गर्दै सिटिजन्स

काठमाडौं : सिटिजन्स बैंकले देशका सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको छ । हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं ३ मा बैंकले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ ।

ncell

यसअघि नै बैंकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगंज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल एवं नेपालगन्ज र कर्णाली प्रदेशको सुर्खेतस्थित आफ्नै भवनबाट प्रदेश कार्यालय एवं क्लस्टर कार्यालयहरु सञ्चालनमा ल्याइसकेको छ । सुविधा सम्पन्न आधुनिक धनगढी उपमहानगरपालिका वडा नं.३ स्थित भवनबाट सुदूरपश्चिम प्रदेश कार्यालयका अलवा धनगढी शाखा समेत सञ्चालनमा आएको छ ।

हाल सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका वडा नं. ०४ मा सञ्चालनमा रहेको यस बैंकको धनगढी शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी ८०० मिटर दूरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो । आफ्नै भवनबाट कारोबार सञ्चालन भएको अवसर पारी बैंकमा बिहीबार अयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सुदूरपश्चिमस्थित धनगढी उपमहानगरपालिकामा आफ्नै भवनबाट शाखा कार्यालय एवं प्रदेश कार्यालय सञ्चालन गर्न पाउनु बैंकको लागि कोशेढुंगा भएको बताए ।

साथै उनले सुदूरपश्चिम प्रदेश बैंकको लागि एक महत्वपूर्ण व्यवसायिक केन्द्र रहेको र आगमी दिनमा अझै उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु लिएर आउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । समारोहमा स्थानीय निकायका प्रतिनिधिहरु, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर