२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

रवि लामिछाने राष्ट्रिय ठग हुन् : मुकुल ढकाल

ADV
मध्यान्ह
२०८१ भदौ ७ गते ११:१४
रवि लामिछाने राष्ट्रिय ठग हुन् : मुकुल ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटिबाट (रास्वपा) निलम्बित महामन्त्री डा मुकुल ढकालले सभापति रवि लामिछाने राष्ट्रिय ठग भएको बताएका छन् ।

रास्वपाले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ बुझाउदै उनले सभापति लामिछानेलाई भ्रष्टाचारी‚ राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने बताएका हुन् । 

पार्टीको भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकले मुकुललाई साधारण सदस्यबाट निलम्बन गर्नु पूर्व अन्तिम एकपटक स्पष्टीकरण दिने मौका दिएको थियो । 

शुक्रबार स्पष्टीकरण बुझाउँदै उनले सभापति लामिछानेको कुकर्मको पर्दाफास गर्ने भन्दै लेखेका छन्‚‘ राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन । तपाईँजस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’

आफ्नै पार्टीको विरुद्दमा बोलेको, भ्रम फैलाएको आरोपमा महामन्त्री ढकाललाई पार्टीले साधारण सदस्य मात्र रहनेगरी निलम्बन गरेको थियो। 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise