२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कांग्रेस केन्द्रीय समिति बैठक शुरु, महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल हुँदै 

ADV
मध्यान्ह
२०८१ भदौ ७ गते १३:२७
कांग्रेस केन्द्रीय समिति बैठक शुरु, महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल हुँदै 

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु भएको छ । पार्टी कार्यालय सानेपामा केही बेरअघिबाट बैठक शुरु भएको हो ।  

यसअघि साउन २३ गते २८ गतेसम्म बसेर बैठक स्थगित गरिएको थियो । बैठकमा प्रस्तुत भएका ११ वटा एजेन्डामा केन्द्रित रहेका आज पदाधिकारीहरूले आफ्नो धारणा राख्ने क्रममा चलिरहेको छ ।

यसअघि केन्द्रीय सदस्यहरूले बोलिसकेका छन् । बैठकमा गत फागुनमा भएको महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव पारित गर्ने तयारी छ ।

तर, महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र अर्का महामन्त्री शर्माको पार्टीबाट प्रधानमन्त्रीदेखि सांसद बन्न कार्यकाल तोक्नुपर्ने प्रस्ताव विवादमा छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise