२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

चार बुँदे सहमति गर्दै तोडियो आमरण अनशन

ADV
मध्यान्ह
२०८१ भदौ ७ गते १४:०५
चार बुँदे सहमति गर्दै तोडियो आमरण अनशन

धनुषाधामः हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माणको माग गर्दै चार दिनदेखि आमरण अनशनरत युवालाई मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनशन तोडाएका छन् । उनले अनशनकारीसँग वार्ताबाट चार बुँदै सहमति गर्दै जुस खुवाएर अनशन तोडाएका हुन् । 

हुलाकी सडकमा नयाँ कमला पुल निर्माण सङ्घर्ष समितिका संयोजक प्रविणकुमार यादव र मधेस प्रदेश सरकारका मुख्यमन्त्रीबीच कमला नदीमा नयाँ पुल निर्माण तत्काल शुरु गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । नयाँ पुल निर्माणका लागि आव २०८२/०८३ को वार्षिक बजेट सङ्घ सरकारबाट राख्न पहल नगरेमा सम्पूर्ण बजेट मधेस प्रदेश सरकारले व्यहोर्ने, २०८१ मङ्सिर १ गतेभित्रमा पुल निर्माणको डिपिआर तयारीका लागि बोलपत्र आह्वान गर्ने सहमति भएको छ । 

नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति सिरहा र धनुषाको सङ्घर्षका सम्पूर्ण कार्यक्रम आजकै मितिबाट स्थगित गरिने पनि सहमतिपत्रमा उल्लेख छ । गत भदौ ४ गतेदेखि सङ्घर्ष समितिको संयोजक यादवको नेतृत्वमा १० जना आमरण अनशनमा बसेका थिए । 

अनशनमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका–६ का अध्यक्ष इन्द्रजीत यादव, ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका–४ का वडाअध्यक्ष सुरेन्द्रकुमार यादव, स्थानीय युवा मनिषकुमार यादव, इन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका–८ का सदस्य ईन्जिनियर रुपेश यादव र इन्जिनियर शिवशंकर यादव, औरही गाउँपालिका–३ का वडाध्यक्ष जीवछ यादव बसेका थिए ।

सङ्घीयता पश्चात हाम्रो अभिभावकत्व प्रदेश सरकारले स्वीकार्नुपर्छ भन्दै उनीहरु जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेट अगाडि टेन्ट बनाएर अनशनमा बसेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise