२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ज्योति विकास बैंकका ग्राहकहरुलाई ट्रान्क्वीलिटी स्पामा छुट

ADV
मध्यान्ह
२०८१ भदौ ७ गते २२:०३
ज्योति विकास बैंकका ग्राहकहरुलाई ट्रान्क्वीलिटी स्पामा छुट

काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले ट्रान्क्वीलिटी स्पामा बैंकका ग्राहकहरुलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौतापश्चात ज्योति विकास बैंकका ग्राहकहरुले ट्रान्क्वीलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरुमा हरेक सेवा तथा सुविधाहरुमा ३० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, ट्रान्क्वीलिटी वायरलेस कार्ड धारक बैंकका ग्राहकहरुले ब्युटी सैलून सेवाहरुमा ४० प्रतिशत छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरुमा ६० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न पाइनेछ ।

ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरुसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरुलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल एक सय २१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत् बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise