२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा समपन्न

ADV
मध्यान्ह
२०८१ भदौ ७ गते २२:०५
नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा समपन्न

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स ३६औं वार्षिक साधारण सभा गरेको छ । शुक्रबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको छ । सभामा अध्यक्ष सिंहले समीक्षा वर्ष ०७९/०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिदृष्यहरु धेरै उत्साहप्रद नरहेको बताइन । उनले अहिले अर्थतन्त्र सुधार उन्मुख भए तापनि चुनौतपूर्ण रहेको भन्दै बढ्दो ब्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव परिरहेको बताइन् । 

तर, आर्थिक वर्ष ०८०/०८१ मा जीवन बीमा ब्यवसायले सुधारको वाटो तय गरेको उल्लेख गरिन् । कम्पनीको कूल बीमा शुल्क १६.६६ प्रतिशतले वृद्धि भई १६ अर्ब ८० करोड ९० लाख पुगेको छ । कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले बृद्धि भई ६५ अर्ब ४० करोड ४० लाख पुगेको छ । कूल लगानी १५.७२ प्रतिशतले वृद्धि भई ४९ अर्ब ७८ करोड २० करोड पुगेको जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise