२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एइ फो जीहोको इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा

ADV
मध्यान्ह
२०८१ भदौ ७ गते २२:०६
एइ फो जीहोको इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा

काठमाडौं : जीहोले एइ फो इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित रहेको कम्पनीले बताएको छ । यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको छ । ऋषि ट्रेड सेन्टर मार्फत उपलब्ध, एइ फोले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने कम्पनीले जनाएको छ ।

एइ फोको ३.० किलोवाट मोटरले यात्राका लागि उपयुक्त शक्ति प्रदान गर्दै ६५ किमी/घण्टा को गति पुर्याउन सक्छ । यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो एक्सएल सिटले यसलाई सहज र व्यावहारिक बनाउँछ, जसले व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्दछ ।

सुरक्षालाई प्राथमिकता दिँदै, एइ फोमा रहेको एबीएसले विभिन्न सडक अवस्थाहरुमा उत्कृष्ट नियन्त्रणको प्रदान गर्दछ । अतिरिक्त सुविधाहरु जस्तै कोलिजन वारनिंग सिस्टम र स्लोप होल्ड इटिसिएसले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्दछ । स्कुटरको उन्नत एनयफसी की लेस इन्ट्री प्रणाली, र डिजिटलकी, पासवर्ड, र मेकानिकल की जस्ता बहुविधी अनलकिङ तरिकाहरुले सुरक्षा र सहजता दुवै प्रदान गर्दछ ।

एइ फोको सेभेन फोभीटु सेभेन एयचएटीयल ब्याट्रीले भरपर्दो रेञ्ज प्रदान गर्छ, जसमा ९० किमी वा १७० किमीको विकल्पहरु उपलब्ध छन् । यसको रिभर्स मोडले साँघुरा ठाउँमा चलाउन सजिलो बनाउँछ, जबकि टाइपसी र यूएसबी चार्जिङ पोर्टहरुले तपाईंका उपकरणहरुलाई गन्तव्यसम्मै पुग्ने गरी चार्ज राख्न मद्दत गर्छ । अटो–कट अफ इन्डिकेटरहरुले सिग्नल व्यवस्थापनलाई सजिलो बनाउँदै सुरक्षामा थप योगदान दिन्छ ।

नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रे जस्ता आधुनिक रङहरुमा उपलब्ध एइ फोले सडकमा विशेष प्रभाव पार्छ । भी– शेप लाइटले दृश्यता सुधार मात्र होइन, स्कुटरलाई आधुनिक रुप पनि दिन्छ । जीओ राइड एपको साथ, राइडरहरुले यात्रा इतिहास, रिभर्स चार्जिंग, र विभिन्न सुरक्षा सुविधाहरु सहितका महत्वपूर्ण जानकारीहरु प्राप्त गर्न सक्छन्, जसले राइडरहरुलाई निरन्तर जडान र नियन्त्रणमा राख्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise