२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सुर्खेतमा जनसंगठनका अगुवा नेता तथा कार्यकर्तालाई प्रशिक्षण

ADV
कुलेन्द्र शाही
२०८१ भदौ ८ गते १५:४१
सुर्खेतमा जनसंगठनका अगुवा नेता तथा कार्यकर्तालाई प्रशिक्षण

सुर्खेत : नेकपा एमाले सुर्खेतको जनसंगठनका अगुवा नेता कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रम शुरु भएको छ । शनिबार वीरेन्द्रनगरस्थित पार्टी कार्यालयमा जनसंगठन समन्वय संयन्त्र, नेकपा एमाले सुर्खेतको आयोजनामा उक्त कार्यक्रम शुरु भएको हो । 

कार्यक्रममा पार्टीसँग आबद्ध सबै जनसंगठनका अगुवा नेता/कार्यकर्तालाई प्रशिक्षण दिइने बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले पार्टीका कार्यकर्ताहरुलाई मिशन ०८४ मा लाग्न आग्रह गरे । उनले सुर्खेतका ९ वटै पालिका कमिटी गठन भएको जानकारी दिए । 

प्रशिक्षण कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल, एमाले सुर्खेतका अध्यक्ष देवकोटा, सचिव ध्रुव कुमार शाहीलगायत अन्य पार्टीसँग आबद्ध कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise