२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जनता समाजवादी कपिलवस्तुको अध्यक्षमा इरफान खा चयन

ADV
शहबाज खान
२०८१ भदौ ८ गते २१:४०
जनता समाजवादी कपिलवस्तुको अध्यक्षमा इरफान खा चयन

कपिलवस्तु : जनता समाजवादी कपिलवस्तुको अध्यक्षमा ईरफान खाँ चयन भएका छन् ।  खाँको संयाजकत्वमा शनिबार २१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत रुपमा घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र यादवको अध्यक्षता र पार्टीका महासचिव तथा पूर्व मन्त्री इतिस्याक राइनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नयाँ कार्य समिति घोषणा गरिएको हो ।

समितिको सदस्यहरुमा उदयभान यादव, कबुतारा कहार, सहाुबद्दीन मुसलमान, परशुराम यादव, इन्द्रराम यादव, बुजराज चौधरी, बिजय सिंह चौहान, अब्दुल कलाम खाँ, सुनिता तेली र जगमोहन बरइ रहेका छन् ।

यस्तै नसिम पठान, ज्ञानमति भर, नारायण चौधरी, साजन ठाकुर, रिजवान खाँ, विनय चौबे, झगरु थारु, बिसाल यादव, हेम बहादुर असलमी मगर र बिन्देश्वरी यादव सदस्य रहेका छन् । 

सो अवसरमा सम्बोधन गर्दै महासचिव राइनले उपेन्द्र यादवको हैकमवादी र लोभीपापी मन भएका कारण विगतमा पार्टी पटक–पटक फुट्दै आएको बताए । 

उनले उपेन्द्र यादव सत्ता बाहिर रहँदा मात्र मधेशको हक अधिकार खोज्ने सत्तामा रहँदा विर्सने गरेको आरोप लगाए ।

उनले पार्टीले जनतको हक अधिकारका लागि लडि रहेको बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नविन सुनार, मनिकर कार्की, पूर्व मन्त्री भण्डारीलाल यादव लगायतको सहभागीता थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise