२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुदूरपश्चिममा सिफारिस भएका मन्त्रीलाई नियुक्त नगर्न ध्यानाकर्षण

ADV
मध्यान्ह
२०८१ जेठ २८ गते १५:१९
सुदूरपश्चिममा सिफारिस भएका मन्त्रीलाई नियुक्त नगर्न ध्यानाकर्षण

कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादीबाट मन्त्री बन्नेहरूबारे पार्टीभित्रै विवाद सुरु भएको छ । संसदीय दलभित्र सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घ सोडारीलाई ध्यानाकर्षण बुझाएका हुन् ।

माओवादीबाट ओमविक्रम भाट ‘सरल’ अक्कल रावल र लक्ष्मी विकको नाम सिफारिस गरिएको छ । माओवादी सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुवर पौडेलले संयुक्त रूपमा ध्यानाकर्षण बुझाएका हुन् ।

आज बिहान ११ बजे दलको बैठक आह्वान गरेर मन्त्री सिफारिस गर्ने सल्लाह भएको तर दलको बैठक स्थगित गरेर मन्त्रीको नाम दिएको उनीहरूको दाबी छ । यस प्रदेशमा माओवादीका सभामुख सहित ११ सांसद छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise