२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जसपा नेपालको आजदेखि आधारभूत संगठन निर्माण अभियान

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते १२:०७
जसपा नेपालको आजदेखि आधारभूत संगठन निर्माण अभियान

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ शुरु गर्दै छ । चार महिनासम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत आज राजधानीमा बागमती प्रदेशअन्तर्गतका सबै जिल्ला र काठमाडौँमा उपलब्ध केन्द्रीय अभियन्तालाई जसपा नेपालले प्रशिक्षण दिने छ । 

जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका लागि मधेस प्रदेशको जनकपुरमा यही भदौ १५ गते तथा रौतहट, बारा, पर्सा र हेटौँडासमेतका अभियन्ताका लागि भदौ १६ गते वीरगञ्जमा, कोशी प्रदेशका लागि भदौ १८ गते विराटनगरमा तथा लुम्बिनी प्रदेशका लागि भदौ २३ गते भैरहवामा र भदौ २४ गते नेपालगञ्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।

यस्तै भैरहवामा नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङका लागि तथा नेपालगञ्जमा बाँके, बर्दिया तथा कर्णाली प्रदेशका अभियन्तालाई अभिमुखीकरणमा सहभागी गराइने छ । गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिमको धनगढीमा भदौ २५ गते अभिमुखीकरण कार्यक्रम राखिएको सो पार्टीले जनाएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise