२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सम्झौता

Nada
२०८१ भदौ ९ गते १२:४७
Shares
कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सम्झौता

काठमाडौं : कुमारी बैंक लिमिटेड र काठमाडौंको बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

ncell

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिएबापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् भने कुमारी बैंकका ग्राहकलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क नि:शुल्क रुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकलाई अत्यधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
 

सम्बन्धित खबर