२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नेकपा एसको बैठक शुरु, पदाधिकारी चयन गर्ने कार्यसूची 

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते १४:३२
नेकपा एसको बैठक शुरु, पदाधिकारी चयन गर्ने कार्यसूची 

काठमाडौँ : नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । अर्पण बैंक्वेटमा जारी केन्द्रीय कमिटी बैठकको मुख्य एजेण्डा पदाधिकारी चयन रहेको छ ।

बैठकले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित रिक्त रहेका १८ पदाधिकारी चयन गर्ने बताइएको छ । पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ ।

केन्द्रीय सदस्यहरूको मतदानबाट पदाधिकारी चयन गर्नुपर्ने भन्दै पार्टीमा दबाब बढिरहेको छ । पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise