२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कतारले जित्यो एसियन भलिबल च्यालेन्ज कपको उपाधि

ADV
तिलु शर्मा पौडेल
२०८१ जेठ २८ गते १६:००
कतारले जित्यो एसियन भलिबल च्यालेन्ज कपको उपाधि

दोहा, कतार : बहराइनको इसा टाउनमा आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई पराजित गर्दै कतारले पहिलो पटक एसियन मेन्स भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । उपाधिसँगै कतारले अर्को महिना चीनमा आयोजना हुने एफआईभीबी भलिबल पुरुष च्यालेन्जर कपमा आफ्नो स्थान पक्का गरेको छ ।

फाइनल खेलमा पाकिस्तानले कतारविरुद्ध पहिलो सेटमा अग्रता लिए पनि कतार २५–२२ ले पहिलो सेट आफ्नो पक्षमा पार्न सफल भयो । पाकिस्तानको प्रतिरोधका बाबजुद कतारले दोस्रो सेटमा पनि आफ्नो लय कायम राख्यो । कतारले दोस्रो सेटमा २५–२० को जित निकालेको थियो भने तेस्रो सेटमा २५–१९ को जित निकाल्दै सोझो सेटमा पाकिस्तानलाई हरायो ।

समूह चरणमा दक्षिण कोरियाविरुद्ध शुरुवातमा असहज भए पनि एसियन च्यालेन्ज कपमा कतारले उत्कृष्ट प्रदर्शन गरेको छ । कतार सेमिफाइनलमा काजकास्तानलाई ३–१ सेट र अन्तिम आठमा चीनलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

यसअघि भएको प्लेअफमा दक्षिण कोरियालाई ३–१ को सेटमा पराजित गर्दै काजकास्तानले तेस्रो स्थान हासिल गर्‍यो l शनिबार भएको खेलमा भियतनामलाई हराउँदै चीन पाँचौं स्थानमा र बहराइनले अस्ट्रेलियालाई पराजित गर्दै सातौं स्थानमा उक्लेको थियो । गत वर्षको उपाधि विजेता थाइल्यान्ड नवौं स्थानमा रहँदा फिलिपिन्स, इन्डोनेसिया र चाइनिज ताइपेइ क्रमशः १०औं, ११औं र १२औं स्थानमा रहेका छन् ।
 

ADVADV

सम्बन्धित खबर

Advertise