२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

डेडिकेटेड र ट्रंक लाइन विवाद : प्रचण्ड र शक्ति बस्नेतसँग स्पष्टीकरण सोध्न माग

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते १५:३६
डेडिकेटेड र ट्रंक लाइन विवाद : प्रचण्ड र शक्ति बस्नेतसँग स्पष्टीकरण सोध्न माग

काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले डेडिकेटेड र ट्रंक लाइन विवादमा तत्कालीन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्पष्टीकरण सोध्न माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा एमाले सांसद योगेश भट्टराईले प्रचण्ड र बस्नेतलाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेका  हुन् । ‘बक्यौता छुट दिने गरी २०८१ वैशाख २७ गते निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री दाहाल र ऊर्जामन्त्री शक्ति बस्नेतलाई स्पष्टीकरण सोधौँ,’ भट्टराईले भने ।

उनले यस विषयमा आरोप–प्रत्यारोप आवश्यक नभएको समेत बताए ।  संविधान बनेपछिको ९ वर्षयता लगातार एउटै पार्टीको नेताले ऊर्जा सम्हालेको उनले बताए । राजनीतिक औला ठड्याउने हो भने त्यता तिर औंला ठड्याउनु पर्ने उनको भनाइ छ । यसमा व्यापारी र प्राधिकरणलाई कसैलाई पनि उम्काउन उनको भनाइ छ ।

अघिल्लो लेखा समितिको निर्देशनको आधारमा महालेखापरीक्षकले २१ अर्ब ८८ करोड उठाउन भनेको उल्लेख गर्दै उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नुपर्ने धारणा राखे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise