२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

शैक्षिक गुणस्तर विकास गर्न प्रदेशमा शैक्षिक उद्यान बनाइने

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते १६:२३
शैक्षिक गुणस्तर विकास गर्न प्रदेशमा शैक्षिक उद्यान बनाइने

धनुषाः मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले शैक्षिक गुणस्तर विकासका लागि सिकाइ प्रणाली रूपान्तरण गर्न प्रदेशको शैक्षिक उद्यान बनाइने बताएका छन् । 

जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपको आज अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले बहुबुद्धिमत्ता, सामाजिक सिकाइ सिद्धान्त, गेमिफिकेसन र २१औँ शताब्दीको सीप प्रवर्द्धनका सिद्धान्तहरूमा आधारित शैक्षिक उद्यान मधेस प्रदेशका सन्दर्भमा नवीन र महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरे । उनले संस्कृत विद्यालयमा खुला शैक्षिक उद्यान सञ्चालन गर्ने विषयमा खाका तयार गर्न केही दिनमै प्राविधिक खटिनेसमेत जानकारी दिए । 

मुख्यमन्त्री सिंहले विज्ञहरूको परामर्श र आधुनिक शिक्षाका परिवेशलाई ध्यानमा राखेर खुल्ला शैक्षिक उद्यानको योजना निर्माण गरिएको र यसलाई पहिलो चरणमा मधेस प्रदेशका आठवटै जिल्लामा एक–एकवटा स्थापना गर्ने नीति लिएको बताए । खुला शैक्षिक उद्यान मधेसको कमजोर शैक्षिक अवस्था सुधार गर्न प्रयोगका रूपमा लिइएको र यसले विद्यार्थी तथा अभिभावकले नयाँ तरिकाले शैक्षिक ज्ञान तथा सीप सिक्ने उनले विश्वास व्यक्त गरे । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise