२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

किसानको पैसा दशैं अगाडि नै उपलब्ध हुन्छ : कृषिमन्त्री अधिकारी

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते १६:४९
किसानको पैसा दशैं अगाडि नै उपलब्ध हुन्छ : कृषिमन्त्री अधिकारी

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानको पैसा दशैं अगाडि नै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले दुग्ध किसानको एक अर्ब २७ करोड र उखु किसानको एक अर्ब ३० करोडसहित सबै रकम दशैं अगाडि उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

दुग्ध किसानले पाउनुपर्ने बक्यौता रकम उपलब्ध गराउन शुरु भएको बताउँदै उनले भदौ ८ सम्म ३३ करोड ५७ लाख भुक्तानी भइसकेको बताए । बाँकी १ अर्ब २७ करोड ४३ रकम पनि छिट्टै सबै किसानको हात हातमा पुर्‍याइने उनको भनाइ थियो ।

मन्त्री अधिकारीले दुग्ध विकास संस्थान, कृषि सामग्री कम्पनी, कपास विकास समिति, कृषि अनुसन्धान परिषद्का साथै मन्त्रालयको सांगठनिक संरचनाका लागि काम गरिने बताए । कृषि विधेयक, संक्रामक पशु रोग विधेयक, पशु कल्याण विधेयक तथा बीउ बीजन नियमावली मन्त्रालयबाट अगाडि बढाइने उनले बताए ।

 रासायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनुका साथै निजी क्षेत्रलाई पनि मल खरिद र वितरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य शुरु गरिएको मन्त्री अधिकारीले बताए । स्थानीय तहमा रासायनिक मलको वितरण, अभाव र आवश्यकताको जानकारी तथा समन्वयका लागि मन्त्रालयले १६६००१७७७७९ नम्बरको कलसेन्टर शुरु गरेको पनि उनले जानकारी दिए । उनले रासायनिक मल खरिद प्रक्रिया छोटो हुने गरी खरिद ऐन संशोधनको गृहकार्य थालिएको पनि बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise