२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

गरिमा ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी अवार्ड’बाट सम्मानित

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते २०:५८
गरिमा ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी अवार्ड’बाट सम्मानित

काठमाडौं : गरिमा विकास बैंक ’द बेस्ट बैंक इन एसेट्स क्वालिटी अवार्ड’ नामक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । बैंकले भारतीय चेम्बर अफ कमर्सद्वारा नयाँ दिल्लीमा आयोजित सेकेन्ड इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड कार्यक्रममा उक्त अवार्ड हात पार्न सफल भएको हो ।

उक्त प्रतिस्पर्धामा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता थियो । 

कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई त्यस्तो अवार्ड प्रदान गरिन्छ । उक्त अवार्डको प्राप्तिले गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षितसमेत रहेको पुष्टि हुन्छ । कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ इकाइ प्रमुख नकुल पौडेलको उपस्थिति थियो । 

सो अवसरमा आयोजित ड्राइभिङ इफिसिएन्सिज एक्रोस द भ्यालु चैन विषयक प्यानल डिस्कसनमा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी थिए । कार्यक्रममा उपाध्यायले नेपालको बैंकिङ परिदृश्य, बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग र आगामी चुनौतीका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise