काठमाडौं : होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा कार दशैं उपहार, अफरमाथि अफर’ नामक उपहार योजना लिएर आएको छ ।
यो योजना अन्तर्गत ग्राहकहरुले होन्डाको कुनै पनि कारको खरिदमा पाँच लाखसम्मको नगद छुटका साथै दुई वर्षका लागि गाडीको बीमा र निःशुल्क करका साथै र पाँच वर्षसम्म गाडीको सर्भिसिङको सुविधा पनि निःशुल्क पाउने छन् ।
ग्राहकहरुलाई सजिलो फाइनान्सको सुविधा दिनको निम्ति होन्डाको कार खरिद गर्दा आकर्षक ब्याजदर का साथ २० प्रतिशत सम्मको डाउन पेमेन्ट उपलब्ध गराइरहेको छ । कम्पनीले फ्री एसेसरिज र स्पट एक्सचेन्जको सुविधा पनि उपलब्ध गराउनेछ ।
यसका साथै होन्डाले आफ्नो ग्राहकहरुलाई रोडसाइड एसिस्टेन्सको सुविधा साथै दुई वर्ष अथवा कार एक लाख किलोमिटर चलाएसम्म वारेन्टी दिनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ ।