२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

ओमानका विदेशमन्त्री नेपाल आउँदै

ADV
मध्यान्ह
२०८१ भदौ १० गते १०:५५
ओमानका विदेशमन्त्री नेपाल आउँदै

काठमाडौँ : ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपाल भ्रमणमा आउँदै छन् । उनी दुई दिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आउन लागेका हुन् । 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि उनी नेपाल आउन लागेको मन्त्रालयले जनाएको छ । भ्रमणका दौरान दुई विदेश मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुनेछ । 

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् । उनी भदौ ११ गते काठमाडौँबाट स्वदेश फर्किनेछन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise