२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

‘यो सरकारले भात खान्छ, घुस खाँदैन : फलानोलाई नसमाऊ भनेर आदेश दिँदैन’

Nada
२०८१ भदौ १० गते ११:१६
Shares
‘यो सरकारले भात खान्छ, घुस खाँदैन : फलानोलाई नसमाऊ भनेर आदेश दिँदैन’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवनको उद्घाटन गरेका छन् । सोमवार बिहान आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले नयाँ भवनको उद्घाटन गरेका हुन् ।

ncell

२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिँदै आएको थियो । 

उद्घाटन क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् । भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन ।’

उनले कसैलाई निर्दोषितमा दोषी करार गर्ने प्रयास हुन नहुने बताउदै भने, ‘तपाईंहरु ढुक्कले काम गर्नुस्, यो सरकारले भात-रोटी खान्छ, घुस, पैसा खाँदैन ।’ प्रधानमन्त्री ओलीले प्रहरीलाई काम गर्न पूर्णस्वन्त्रता रहेको समेत बताए । 

उनले भने, “वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउ भन्दैन, निर्दोषलाई फसाउ भन्दैन र दोषीलाई छाड्दैन ।” वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान र कानुनबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन निर्देशन दिए ।

“यो सरकार केवल अर्को सरकार होइन, यसले केही गरौँ भन्ने भावनाका साथ अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति बोकेको छ”, प्रधानमन्त्री ओलीले भने । प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने उल्लेख गर्दै उनले झोला थैला बोकेर कसैकामा कुद्नुपर्ने परिस्थिति नभएको बताए । 

प्रहरीले साबिकको नेपाल खाद्य संस्थानसँग रु एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिद गरेर रु एक अर्ब २६ करोडको लागतमा अत्याधुनिक भवन निर्माण गरेको हो । जिल्ला परिसर काठमाडौँ २०१२ सालमा हुनमानढोकाबाट सञ्चालन भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर