२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, देवकोटाले गरे फ्लोर क्रस

ADV
मध्यान्ह
२०८१ जेठ २८ गते १७:०७
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, देवकोटाले गरे फ्लोर क्रस

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।

सोमबारको प्रदेश सभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेले विश्वासको मत पाएका हुन् ।

सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ र प्रदेश सभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका थिए ।

देवकोटा बाबुराम भट्टराई निकट हुन् । नेसपाले २०७९ को चुनावमा माओवादीको चुनाव चिह्न लिएको थियो ।

प्रदेश सभा बैठकमा ५९ जना सांसद उपस्थित थिए । मुख्यमन्त्री पाण्डेले राखेको विश्वास प्रस्तावको पक्षमा ३१ जना सांसदले मत दिए भने विपक्षमा २८ सांसदले मतदान गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise