२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति विस्तार, कसले पाए कुन जिम्मेवारी ?

ADV
मध्यान्ह
२०८१ भदौ १० गते १३:१६
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति विस्तार, कसले पाए कुन जिम्मेवारी ?

काठमाडौँ : जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समिति विस्तार गरेको छ । गत जेठमा सम्पन्न पार्टी महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई निर्विरोध निर्वाचित गरेपनि अन्य पदाधिकारी चयन हुन सकेको थिएन । 

पार्टी पदाधिकारी चयनको जिम्मेवारी पाएका अध्यक्ष यादवले सह उपाध्यक्षमा रकम चेम्जोङलाई चयन गरेका छन् भने ५ जना उपाध्यक्षमा क्रमशः राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत बज्राचार्यलाई नियुक्त गरेका छन् ।

त्यस्तै मधेश प्रदेशका पूर्व मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र रामकुमार शर्मालाई महासचिवमा नियुक्त गरेका छन् । त्यस्तै उपमहासचिवमा प्रकाश अधिकारी, प्रवक्तामा मनिष कुमार सुमन रहेका छन् ।


 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise