२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

‘ब्लू लाइन’ पार गर्दा क्षेत्रीय सुरक्षामा खतरा : राष्ट्रसंघ 

ADV
मध्यान्ह
२०८१ भदौ १० गते १५:१९
‘ब्लू लाइन’ पार गर्दा क्षेत्रीय सुरक्षामा खतरा : राष्ट्रसंघ 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले लेबनान–इजरायल सीमाको ‘ब्लू लाइन’मा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले स्थानीय बासिन्दालाई जोखिममा पार्ने तथा क्षेत्रीय सुरक्षा र स्थिरतालाई खतरामा पार्ने बताएका छन् ।  

लेबनान र इजरायलले ‘ब्लु लाइन’ पार गरी गरेको गोलीबारीमा उल्लेखनीय वृद्धि भएकोमा महासचिव चिन्तित रहेको राष्ट्रसंघका प्रमुखका प्रवक्ता स्टेफन दुजारिकले  विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 

राष्ट्रसङ्घीय प्रमुखले तनाव र यसका लागि जिम्मेवार पक्षहरूलाई तत्काल शत्रुता अन्त्य गरी राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव १७०१ लाई पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान गरेका छन् ।
  
आइतबार, इजरायली संस्थाले दक्षिणी लेबनानका क्षेत्रहरूलाई लक्षित गरी हवाई आक्रमण गर्दा कम्तिमा तीन जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन्  ।  

इजरायली सैन्य इकाईले अक्टोबर ७ देखि गाजापट्टीमा चलिरहेको क्रूर आक्रमणको संयोजनमा दक्षिणी लेबनानका क्षेत्रहरूमा बमबारी बढाउँदा निहत्था नागरिकको हताहत हुनुका साथै सयौँ परिवारलाई घर छोड्न बाध्य पारेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise