२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नाराबाजी गर्नेहरुविरुद्ध आक्रोशित हुँदै देउवाले भने- 'यही हो नेपालको चलन ? बदमासहरु'

ADV
मध्यान्ह
२०८१ भदौ १० गते १७:१२
नाराबाजी गर्नेहरुविरुद्ध आक्रोशित हुँदै देउवाले भने- 'यही हो नेपालको चलन ? बदमासहरु'

काठमाडौं : गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा सोमबार दिउँसो भएको कार्यक्रममा दर्शकदीर्घाबाट नेताहरुविरुद्ध नाराबाजी भएको छ ।

गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवालगायत नेताविरुद्ध नाराबाजी भएको हो ।

कार्यक्रममा सहभागी युवाहरूको समूहले मञ्चमा प्रधानमन्त्री ओली र देउवा उपस्थित भएका बेला नाराबाजी गरेका हुन् ।

कार्यक्रममा पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारी पनि उपस्थित थिए ।

नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भए । नेताहरुविरुद्ध नाराबाजी गर्नेहरुलाई देउवाले 'तपाईंहरू जति कराउनुछ कराउनुस् । लाज पनि छैन गौरा पर्वको कार्यक्रम बिथोल्ने ?' भन्दै आक्रोश पोखे । देउवाले अगाडि भने, ‘यही हो नेपालको चलन ? बदमासहरू ।’ 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise