२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पैचोका ग्राहकलाई चाडपर्व उपहार

ADV
मध्यान्ह
२०८१ भदौ १० गते २०:३५
पैचोका ग्राहकलाई चाडपर्व उपहार

काठमाडौं : पैचो पसल प्रालिले चाडपर्व अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । सोमबार कृष्णअष्टमीबाट शुरु भएको उपहार योजना तीज, दशै, तिहार, छठ हुँदै क्रिसमससम्म संचाचलन हुनेछ । पैचो पसलका उत्पादन खरिद गर्दा यो उपहार योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।

आफ्ना ग्राहकलाई यसअघि पनि विभिन्न अफर र उपहार दिँदै आएको पैचोले चाडपर्वमा थप ५० उपहार घोषणा गरेको हो । नेपाली घर आँगनमा भित्रिँदै गरेका चाडपर्वलाई उत्सव र खुसीयाली बनाउन चाडपर्व अफर ल्याइएको पैचोका प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले बताए । 

पैचोले उपहार योजनामा प्रथम उपहार वासिङ मेशिन १ जनालाई, द्वितीय उपहार फ्रिज २ जनालाई, तृतीय उपहार टेलिभिजन ३ जनालाई, चौथो उपहार  स्प्रे ट्यांक ४ जनालाई दिने जनाएको छ ।

यस्तै पाँचौ उपहार १ हजार रुपैयाँको कृषि बीउबिजन २० जनालाई र छैठौं उपहार पैचो कम्पनीका उत्पादन २० जनालाई दिने घोषणा गरेको हो । उपहार कुपन पैचोको १२ वटा शाखा र १२ वटा आउटलेट गरी २४ स्थानबाट उपलब्ध हुने छ । उपहार कुपन प्राप्त गर्न पैचाका शाखा र आउटलेटबाट २ हजार ५ सय रुपैयाँ बराबरको ग्रोसरी, पशुआहार खरिद, तरकारी तथा फलफूल बिक्री गर्दा एउटा कुपन ग्राहकले पाउने छन । 

यस्तै १ हजार फेन्सी तथा गिफ्ट सामान, बीउबिजन खरिदगर्दा र प्रतिदिन प्रति संकलन ५० हजार रुपैयाँको संकलन गर्दा एक वटा उपहार कुपन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उपहार योजना भदौ १० देखि पुस १० गतेसम्म लागू हुनेछ । पुरस्कारको घोषणा पैचो पसलको वार्षिकोत्सव पुस १५ गते घोषणा हुने कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise