२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

वात्सल्यको नयाँ निःसन्तानपन उपचार क्लिनिक ललितपुरमा

Nada
२०८१ भदौ १० गते २०:३७
Shares
वात्सल्यको नयाँ निःसन्तानपन उपचार क्लिनिक ललितपुरमा

ललितपुर : वात्सल्य नेचुरल आई.भि.एफले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा नेपाल मेडिसिटि अस्पताल सँगको सहकार्यमा ललितपुरमा वात्सल्यको उपचार केन्द्र उद्घाटन गरेको छ । नेपाल मेडिसिटी अस्पताल नखुमा रहेको क्लिनिकको उद्घाटन डा. उपेन्द्र महतोले गरेका हुन । वात्सल्यको ब्रान्ड एम्बेसडरका रुपमा २०२४ की मिस नेपाल विजेताहरु आश्माकुमारी केसी, सुमना केसी र करुणा रावत पनि उपस्थित थिए ।

ncell

वात्सल्यको रिब्रान्डिङले नयाँ लोगो, नयाँ ब्रान्ड रंगहरु, र नयाँ विषयवस्तु सहित नयाँ नारा (स्लोगन) ‘नयाँ आशा, नयाँ जीवन’लाई सार्वजनिक गरेको छ । विगत ८ वर्षदेखि वात्सल्यले करिब पाँच हजार जोडीहरुलाई सन्तान प्राप्तिको सुख दिएको वात्सल्यले जनाएको छ ।

यस नयाँ पहिचानसँगै, वात्सल्यले इच्छुक दम्पतीहरु माझ अभिभावकत्वको आशा पुनः जगाउँदै उनीहरुलाई एक नयाँ प्रेरणा र नयाँ जीवन दिने आफ्नो प्रतिबद्धता दर्शाएको छ ।

‘हाम्रो धारणा भनेको प्रत्येक इच्छुक परिवारले सन्तान प्राप्तिको सुख अनुभव गर्न पाउनु हो । हाम्रो रिब्रान्डिङ नयाँ पहिचान मात्र हैन, यसले हाम्रो प्रगतिशील प्रविधिसँगै जोडीहरुको प्रजनन यात्रामा सहानुभूतिपूर्ण समर्थन गर्न प्रति हाम्रो प्रतिबद्धतालाई पनि थप प्रस्ट पार्छ,’ वात्सल्य नेचुरल आई.भि.एफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले भने ।

वात्सल्य समूहले नक्साल, ललितपुर, भक्तपुर, नेपालगन्ज, चितवन, र बुटवलमा सेवा प्रदान गर्दै आएको छ । यस्तै पोखरा र विराटनगरमा चाँडै नै नयाँ क्लिनिक खोल्ने वात्सल्यले तयारी गरेको जनाएको छ ।

सम्बन्धित खबर