२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

इशान बाल अस्पतालले मनायो २९औं वार्षिकोत्सव

Nada
२०८१ भदौ १० गते २०:३८
Shares
इशान बाल अस्पतालले मनायो २९औं वार्षिकोत्सव

काठमाडौं : काठमाडौं बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले आफनो २९ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बालबालिकाको क्षेत्रमा निजी क्षेत्रकै उत्कृष्ट अस्पतालको रुपमा परिचित इशानले २९औं वार्षिकोत्सव मनाइरहँदा विरामीहरु, विरामीका आफन्तजन र जनमानसले अस्पतालका सेवाहरु विश्वास गरी काम गर्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गरेको छ ।

ncell

विसं. २०५२ सालमा कृष्णाष्टमीका दिन १५ बेडबाट शुरु भएको यस अस्पतालले अहिले आफनो सेवा र क्षेत्र विस्तार गर्दै एक सय बेडको सुविधा सम्पन्न अस्पताल बनाउन सफल भएको अस्पतालका निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरीले बताए । 

अस्पतालमा आकस्मिक विभागमा २४ घन्टा नै पेडियाट्रिक विशेषज्ञ रजिष्टारहरुबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला तथा प्रसूति हाडजोर्नी सम्बन्धमा सेवाहरु उपलब्ध रहेको डा चौधरीले बताए ।

उनले अस्पताल आफनै नयाँ सुविधा सम्पन्न अस्पतालमा सरेर समय सापेक्ष सुविधाहरु तथा क्षमता वृद्धि गर्दै नवजात तथा बाल सघन उपचार कक्ष सेवाहरु, एम्बुलेन्स, प्याथोलोजी, अल्टासाउण्ड, एक्स–रे, फार्मेसी तथा क्ययान्टेन सेवाहरु विस्तार गर्दै लगेको बताए । पत्रकार सम्मेलनमा बोल्दै डा चौधरीले अस्पतालमा पटक पटक नवजात तथा बाल शब्लयरोग तथा बाल युरोलोजीसम्बन्धी जडिल भन्दा जटिल  शल्यक्रियाहरु भइरहेको जानकारी दिए । 

अस्पतालका निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरीले अस्पतालले विभिन्न बैंक, इन्सायेरेन्स सहित टोखा तथा बुढानिलकण्ठ नगरपालिका परिसरका धेरैजसो विद्यालयसँग छुट सेवा उपलब्ध गराउन सम्झौता भएको बताए ।

सामाजिक उत्तरदायित्व बहन गर्ने हिसाबले कतिपय अवस्थामा निःशुल्क शेवा पनि दिँइदै आएको उनले सुनाए । हाल अस्पतालमा ८७ जना विभिन्न विषयका बरिष्ठ विशेषज्ञ सहित बाल रोग तथा बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयका सुपर स्पेशियलिस्ट र मलटीस्पेस्लिट विशेषज्ञ सेवाहरु दिइरहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर