२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि निर्वाचन हुँदै

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते १०:३४
एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि निर्वाचन हुँदै

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) को १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनोटका लागि आज निर्वाचन हुँदैछ ।

सहमतिको प्रयास सफल नभएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनोट गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको हो ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्यका छनोट का लागि निर्वाचन गर्न लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । 

उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम मंगलबार बिहानदेखि शुरु भई, दिउँसो २ देखि पाँच बजेसम्म मतदान र साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise