२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

एकीकृत समाजवादी निर्वाचन : वरिष्ठ उपाध्यक्षमा दुई र उपमहासचिवमा चार जनाको उम्मेदवारी

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते १०:४१
एकीकृत समाजवादी निर्वाचन : वरिष्ठ उपाध्यक्षमा दुई र उपमहासचिवमा चार जनाको उम्मेदवारी

काठमाडौँ  :  नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्षका लागि लागि घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी उपमहासचिव पदमा राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र घनेन्द्र केसीले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एसको महाधिवेशनले अध्यक्ष र महासचिव सर्वसम्मत गरेपनि डेढ महिनासम्म अन्य पदाधिकारी चयन गर्न सकेको थिएन । सहमति जुट्न नसकेपछि आज निर्वाचनबाट पदाधिकारी चयन गर्ने तयारी छ ।

उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सकिएपछि आजै दिउँसो २ बजेदेखि मतदान सुरु हुने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले जानकारी दिए ।

एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise